२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

थापाथलीमा फुट्यो मेलम्चीको पाइप, सडक अवरूद्ध

२० फागुन, काठमाण्डौँ । काठमाडौंको थापाथली क्षेत्रमा मेलम्चीको पाइप फुटेको छ । मंगलबार बिहानै मेलम्चीको वितरण सञ्जालको पाइप फुट्दा त्यस क्षेत्र केहीबेर जलमग्न बनेको थियो । अहिले पाइप फुटेको स्थानमा पानी वितरण बन्द गरिसकेको काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्र लिमिटेडले जानकारी दिएको छ। सडक भने अवरूद्ध नै छ ।

पाइप फुटेको कारण भने पत्ता लागिसकेको छैन। यसअघि माइतीघर–बानेश्वर सडक खण्डको बबरमहल क्षेत्रमा पनि मुख्य पाइप नै फुटेको थियो। त्यहाँ विद्युत प्राधिकरणले तार भूमिगत गर्न प्रयोग गरेको प्वाल खन्ने उपकरणले पाइपमा क्षति पुर्‍याएकाले पाइप फुटेको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस