२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

हृदयघात भएका पारस शाहको अवस्था कस्तो छ ?

२० फागुन, काठमाडौँ । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । घरमै हृदयघात भएपछि आइतबार साँझ उनलाई सहयोगीले थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याएका थिए ।

पूर्वराजा निकट स्रोतले गएराति नै मुटुमा स्टेन लगाएको र अहिले अवस्था सुधारोन्मुख रहेको बतायो । पूर्वराजाका एक सहयोगीले भने, ‘हर्ट अट्याक ९हदयघात० भएपछि उहाँलाई नर्भिक लगिएको हो । अहिले स्वास्थ्यमा सुधार भइरहेको छ ।’ पारसलाई चौथो पटक हृदयघात भएको हो । यसअघि उनमा २०७५ माघ महिनामा हृदयघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो । त्यसअघि पनि थाइल्याण्डमा रहँदा र अर्को एक पटक पनि हृदयघात भएको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस