२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

एउटै डोरीमा युवक–युवतीको शव फेला, अवैध सम्बन्धको आशंका

www.janaboli.com;

मोरङको पथरीशनिश्चरे–५ मौलीबारीस्थित बक्राहा खोला किनारमा युवक-युवती झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

झापाको गौरीगञ्ज–२ की जुबामुनी हस्ता र मोरङका २४ वर्षीय अजय टुडू पिठारीको रुखमा एउटै डोरीमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रमुख नारायण चिमरियाले बताए।

दुवै जना विवाहित थिए। जुबामुनीका श्रीमान् विदेशमा छन् भने उनका एक वर्षीय छोरा छन्। अजयका पनि दुई सन्तान रहेको प्रहरीले जनाएको छ।

आइतबार राति अजयले जुबामुनीलाई घर लगेका थिए। भोलिपल्ट घरबाट हिँडेका उनीहरू मंगलबार बिहान मृत फेला परेका हुन्। प्रारम्भिक अनुसन्धानअनुसार प्रेम सम्बन्धकै कारण दुबै जनाले आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस