२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

साउनदेखि सबै प्रदेशमा सवारी लाइसेन्स छापिने

२० फागुन , काठमाडौँ । आगामी नयाँ वर्षको साउन १ गतेदेखि सबै प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिने भएको छ । यसका लागि यातायात व्यवस्था विभागले वैशाख १ देखि प्रदेशलाई छपाईको काम हस्तान्तरण गर्दै जाने जनाइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायातसम्बद्ध मन्त्री र सचिवसहितको विषयगत समितिको बैठकले यो निर्णय गरेको हो । सबै प्रदेशबाट जारी हुने सवारी चालक अनुमतिपत्रमा एकरुपताका लागि यातायात व्यवस्था विभागले चालक अनुमति पत्रको ढाँचा समेत तयार पारेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा भएको बैठकले ‘राइड शेयरिङ’लाई व्यवस्थित गर्न र प्रदेशहरूबीच नीतिगत समन्वय गरी एकरुपता गर्न प्रदेश सरकारको सहभागितामा संघीय सरकारले नीतिगत व्यवस्था गर्ने र सम्बन्धित प्रदेशले लागू गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस