२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

राष्ट्रिय अनुसन्धानका सईले गरे बिना दाइजो बिहे, समाजलाई नयाँ सन्देश दिन खोजेको दावी

२१ फागुन , काठमाण्डौँ । नेपाल राष्ट्रिय अनुसन्धानका वरिष्ठ सहायक सईले दाइजो बिना बिहे गरेका छन् । अनुसन्धान वरिष्ठ सहायक विकास कुमार साहले बिना दाइजो लिई बिहे गरेका हुन् ।

बाराको महागढीमाई नगरपालिका वडा नम्वर १ बरियारपुरका विजय कुमार साहका छोरा विकास कुमार साहले पर्साको विरगंज महानगरपालिका वडा नम्बर १७ अलौका ललन साहकी छोरी डाक्टर रिमा साहसंग बिना दाईजो बिहे गरेका हुन् । ।

देश भरि समाजमा दाईजो कुरतीको रूप लिएको अवस्थामा अनुसन्धान वरिष्ठ सहायक साहले बिना दाईजो बिहे गरेर चर्चाको विषय बनेको छ ।
समाजमा रुढीवादी परम्परा दाईजोले कयौ घर बिगारेको अनुसन्धान वरिष्ठ सहायक साहले बताए । आफनो दायित्व निर्वाह गरिरहेको अवस्थामा दाईजोको विषय लिएर दुबै पक्ष एक आपसमा झगडा गरी अस्पताल, मरेको खवर पनि आफ्नै आखाले हेर्दा आफुले दाईजो बिना बिहे गर्ने सोच बनाएको उनले बताए ।

आफुले दाईजोलाई बहिष्कार गरि शिक्षित, सभ्य समाजको परिकल्पना गरेको साह बताउछन् । आफ्नो अभिभावकले शिक्षा दिए पछि, लोकसेवाको तयारी पश्चात नेपाल सरकारको जागिर खाए देखि समाजलाई सन्देश दिनलाई दाईजो न लिएर बिहे गरेको उनले बताए ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस