२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

नेपालीहरू बोकेको अमेरिकी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

२१ फागुन, काठमाण्डौँ ।  अमेरिकी जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
चालक दलका सदस्यहरूसहित १४ जना सवार चार्टर्ड जहाज बुधबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले सेतोपाटीलाई बताए ।

यो जहाजमा अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरू रहेको बताइएको छ। यसबारे विस्तृतमा जानकारी आइसकेको छैन।
डोनाल्ड ट्रम्प प्रशासनले गैरकानुनी रूपमा अमेरिका बसोबास गर्दै आएका विभिन्न देशका मानिसहरूलाई निस्कासन गर्दै आएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस