२१ फागुन, काठमाडौँ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त गरेको र राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस कम्पनीले कनिष्ठ फिल्ड सहायक ९प्रशिक्षार्थी० पदको सहायक श्रेणीमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी केही संख्यामा कर्मचारी माग गरेको हो ।
यसका लागि कुनै पनि विषयबाट प्लस टू पास गरेकाले यसमा आवेदन दिन पाउनेछन् भने वाणिज्य, अर्थ र गणित विषयबाट प्लस टू गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । उमेरको हदमा १८ वर्ष पूरा भई ३५ (महिलाको हकमा ४०) वर्ष ननाघेको हुनु पर्नेछ । लिखित, फिल्ड अवधारणा र अन्तर्वार्ता पास गरेपछि ६ महिना तालिम र ६ महिना परीक्षणकलापछि स्थायी गरिने जनाएको छ । योग्य तथा इच्छुक व्यक्तिले चैत ७ गते भित्र आवेदन दिइसक्नु पर्नेछ ।
प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार

