२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार निलम्बित

२१ फागुन, काठमाण्डौँ ।  मधेस कृषि विश्वविद्यालयका उपकुलपति डा. वैजनाथ महतो र रजिस्ट्रार श्रीभगवान ठाकुरलाई पदबाट निलम्बन गर्ने निर्णय भएको छ । विश्वविद्यालयसभा (सिनेट) बैठकबाट उपकुलपति र रजिस्ट्रारलाई पदबाट निलम्बन गर्ने निर्णय पारित भएको मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले जानकारी दिए ।

विश्वविद्यालयका कुलपति समेत रहेका प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितमा जनकपुरधाममा भएको सिनेटको बैठकबाट बहुमतले पारित भएपछि डा. महतो र ठाकुरलाई निलम्बन गरिएको शिक्षामन्त्री तिवारीले बताए । प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्य समितिले गत असोज ७ मा बुझाएको प्रतिवेदनका आधारमा दुवै जना विश्वविद्यालयको अनाधिकृत गतिविधिमा संलग्न रहेको पाइएकाले सिनेटबाट दुवैलाई निलम्बन गर्ने निर्णय भएको जनाइएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस