२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

धुम्बाराहीमा इभी बसमा आगलागी, मानवीय क्षति भएन

२२ फागुन , काठमाडौँ । धुम्बाराहीमा इभी बसमा आगलागी भएको छ ।
चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बुधबार आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । प्रदेश३०५००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको हो ।

आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो । बसमा रातिमा चार्ज गर्ने क्रममा आगलागी भएको हो । त्यसैले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस