२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

अवैध रूपमा अमेरिका पठाउने ५० बिचौलियामाथि प्रहरीको अनुसन्धान

काठमाडौं । नेपालबाट अवैध रूपमा अमेरिका लैजाने ५० जना बिचौलिया सक्रिय रहेको खुलेको छ। मानव बेचबिखन ब्युरोले उनीहरूको सूची तयार गरी अनुसन्धान अघि बढाएको छ।

ब्युरोका अनुसार काठमाडौंबाट मेक्सिको हुँदै अमेरिका पठाउन ती बिचौलियाहरू संलग्न छन्। अमेरिकाबाट डिपोर्ट भएका ९ जना नेपाली बुधबार काठमाडौं आइपुगेका छन्। तीमध्ये ८ जनालाई अमेरिकन प्रहरीले चार्टर उडानमार्फत ल्याएको थियो भने एक जना महिला व्यावसायिक उडानमार्फत फर्किएकी छन्।

डिपोर्ट भएकाहरू काठमाडौंबाट दुबई, युरोप हुँदै ब्राजिल पुगेका थिए। ब्राजिलबाट मेक्सिको हुँदै अमेरिका पुग्न ५० लाखदेखि १ करोड रुपैयाँसम्म खर्च भएको पाइएको छ। बिचौलियाहरूले उनीहरूबाट लाखौँ असुलेको प्रहरीको अनुसन्धानले देखाएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस