२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

नरेफाँटबाट गम्भीर प्रकरणमा संलग्न महिलासहित ५ जना पक्राउ

6 people including inspector arrested from examination center in Rautahat

काठमाडौं । राजस्व छली र चोरी पैठारी गरेर चाँदीको कारोबार गरिरहेको अभियोगमा महिलासहित ५ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सन्तोष कुमार साह (३४), प्रेम कुमार कुशवाहा (३५), गणेश साह (२६), दिनानाथ कुमार साह (३२), र बिपना सार्की (२१) रहेका छन्।

उनीहरूले काठमाडौं महानगरपालिका-३२ नरेफाँट क्षेत्रमा राजस्व छली गरी चोरी पैठारीबाट ल्याएको २० किलोग्राम चाँदीको कारोबार गरिरहेको सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस