२०८२ असार २५ गते बुधवार | 2025 July 9th Wednesday

क्रिकेट ग्रेडिङ: कुशल र करणको अवनति, अनिलको उकालो, मयन-लोकेशको इन्ट्री

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) द्वारा सार्वजनिक नयाँ ग्रेडिङअनुसार पुरुषतर्फ ‘ए’ ग्रेडमा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सन्दीप लामिछाने र सोमपाल कामी अटाएका छन्।

कुशल भुर्तेल र करण केसी ‘बी’ ग्रेडमा झर्दा अनिल साहले ‘डी’ बाट ‘बी’ मा फड्को मारेका छन्। विनोद भण्डारी र अर्जुन साउद भने कुनै पनि ग्रेडमा परेनन्।

‘डी’ ग्रेडमा लोकेश बम र मयन यादवले पहिलो पटक स्थान बनाएका छन्। इमर्जिङ क्याटेगोरीमा अर्जुन कुमाल, शुभ कंसाकार, र सन्तोष यादव समेटिँदा विपीन खत्री बाहिरिए।

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस