२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

मध्येराती रविनाले पतिको जिब्रो टोकेर छिनालिन् !

८ चैत्र, काठमाण्डौँ । एक महिलाले आफ्नो पतिको जिब्रो टोकेर छिनालेकी छन् ।
भारतको राजस्थान राज्यको झालावाड जिल्लास्थित बकानी गाउँको हो । आरोपित महिला माइतबाट फर्किएकै रात उक्त घटना भएको बताइएको छ ।

उनीहरुको बिहे भएको डेढ महिना भएको थियो । घाइते अवस्थामा पीडित कन्हैयालाललाई शुक्रबार राजेन्द्र पब्लिक अस्पतालमा भर्ना गरी उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । डेढ महिनाअघि कन्हैयालाल र रविनाबिच विवाह भएको थियो । पछिल्लो समय रविना माइत गएकी थिइन् ।

राति अबेर पति–पत्नीबिच कुनै विषयमा झगडा भएको बताइएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस