२०८३ कार्तिक १३ गते बिहिवार | 2026 October 29th Thursday

पूर्वडीआईजी जोशीलाई थुनामा किन पठाइयो? सर्वोच्चले माग्यो स्पष्टीकरण

काठमाडौं । सर्वोच्च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत तुलसीपुरको बुटबल इजलासलाई आदेश दिएको छ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले उच्च अदालतले दिएको थुनाको आदेशको आधार खुलाउन प्रतिवेदन माग गरेको हो। सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई गत साता उच्च अदालत बुटबलले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

जोशीले सो आदेश सर्वोच्चमा बदर गर्न माग गर्दै निवेदन दिएका थिए। त्यसकै सुनुवाइपछि सर्वोच्चले बुटबल इजलासको आदेश सम्बन्धमा कैफियत प्रतिवेदन पेस गर्न भनेको हो।

रुपन्देही जिल्ला अदालतले दिएको थुनाको आदेश उच्च अदालतले पनि सदर गरेपछि जोशी अहिले थुनामै छन्।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस