२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

ईसेवा ह्याक प्रकरण : हजारौँको खाताबाट करोडौँ चोरी, युवक यसरी समातिए

काठमाडौं । ईसेवा प्रयोगकर्ताका खाताबाट १ करोड २ लाख रुपैयाँभन्दा बढी रकम चोरी गरेको अभियोगमा प्रहरीले २२ वर्षीय राहुल बुढालाई पक्राउ गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई काठमाडौं अनामनगर बसोबास गर्दै आएका उनीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैशाख २ गते कालिमाटीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले एसएमएसमार्फत ‘द अलर्ट’ र ‘एटी अलर्ट’जस्ता फिसिङ लिंक पठाई, खाता सस्पेन्ड हुने भन्दै प्रयोगकर्तालाई भ्रममा पार्थे । त्यसपछि भेरिफिकेसनको बहानामा ईसेवामा अनधिकृत पहुँच बनाएर रकम चोर्थे ।

प्रवक्ता एसपी अंगुर जिसीका अनुसार बुढाले ४ हजारभन्दा बढी व्यक्तिको रकम चोरेर १ करोड २ लाख रुपैयाँ पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खातामा ट्रान्सफर गरेका थिए । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस