२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

पोखरा विमानस्थलमा १४ अर्बभन्दा बढी भ्रष्टाचार : लिङ्देन संयोजक समितिको निष्कर्ष

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १४ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिले निष्कर्ष निकालेको छ।

सार्वजनिक लेखा समितिको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अध्ययनका लागि सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा गत असारमा गठित उपसमितिले बुधबार प्रतिवेदन तयार पारेको हो।

प्रतिवेदनमा लापर्बाहीसहित भ्रष्टाचार भएको, नीतिगत निर्णयको आवरणमा चरणवद्ध रूपमा लुट मच्चाइएको र ठेक्का प्रक्रियाको प्रारम्भमै अनियमितता भएको उल्लेख छ। निर्माणका क्रममा आर्थिक र प्राविधिक रूपमा पनि व्यापक अनियमितता भएको पाइएको छ।

सार्वजनिक खरिद ऐन र प्रचलित कानुनको विपरीत तीन सदस्यीय कार्यदल गठन गरी लागत अङ्क बढाउने नीतिगत निर्णय गरिएको उपसमितिको निष्कर्ष छ।

मूल सम्झौताको प्रावधान विपरीत कर छुट दिएर नयाँ कार्यान्वयन सम्झौता गरिएको, जसबाट २ अर्ब २२ करोड ४० लाख रुपैयाँ कर छुट दिइएको र २ अर्ब २० करोड गैरकानुनी रूपमा भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस