२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

‘तीन दिनसम्म पानी पर्छ, बाली भित्र्याउँदा मौसम हेरेर मात्रै गर्नु’

काठमाडौँ । आज (बिहीबार) देखि देशका विभिन्न स्थानमा तीन दिनसम्म पानी पर्ने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले कृषकहरूलाई बाली काट्नुअघि मौसमबारे जानकारी लिन आग्रह गरेको छ ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार, सुदूरपश्चिम बाहेकका प्रदेशहरूमा स्थानीय वायु प्रणाली र भारतको उत्तर प्रदेशको प्रभावका कारण वर्षा भइरहेको छ । अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न भागमा वर्षा भइरहेको बताइएको छ ।

‘अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ,’ मौसमविद् दाहालले भने, ‘अहिले मुसुरो, गहुँलगायतका बाली काट्ने समय हो, त्यसैले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न अनुरोध गर्दछौं ।’

मौसम पूर्वानुमान महाशाखाले कृषकहरूलाई सम्भावित क्षति न्यूनिकरण गर्न मौसमको स्थिति बुझेर मात्रै काम गर्न सुझाव दिएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस