२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

सर्वोच्च अदालतमा रवि लामिछानेको निवेदन दर्ता

काठमाडौं । आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका छन्।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले लामिछानेको निवेदन केहीबेरअघि दर्ता भएको जानकारी दिएका छन्। लामिछानेले आफूलाई प्रचलित कानुन र संविधानविपरीत थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको आदेश माग गरेका हुन्।

गैरकानुनी रूपमा थुनामा राखिएको व्यक्तिको रिहाइका लागि बन्दी प्रत्यक्षीकरण (हबियस कर्पस) आदेश जारी गरिने कानुनी व्यवस्था छ। यस्तो आदेश माग गर्न थुनामा रहेको व्यक्तिले आफू गैरकानुनी रूपमा थुनामा परेको पुष्टि गर्नुपर्ने हुन्छ।

यसअघि पनि लामिछानेले उच्च अदालतको थुनासम्बन्धी आदेश बेरितको भएको दाबी गर्दै अर्को निवेदन सर्वोच्चमा दर्ता गरेका थिए। सो निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गरिसकेको छ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस