२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

सिंहदरबारभित्र प्रदर्शन गर्ने राप्रपाका लिङ्दनेसहित सात जना छुटे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबारको प्रदर्शनमा नियन्त्रणमा लिइएका अध्यक्ष राजेन्द्र लिङ्दनेसहित सातै जना नेता कार्यकर्तालाई प्रहरीले रिहा गरेको छ।

जिल्ला प्रहरी परिसर भद्रकाली पुर्‍याइएका उनीहरूलाई आइतबार साँझ नै छाडिएको परिसरका एसपी अपील राज बोहराले जानकारी दिए।

रिहा हुनेमा अध्यक्ष लिङ्दनेसमात्र होइन, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल छन्।

उनीहरूले सिंहदरबारभित्र प्रवेश गरी प्रदर्शन गरेका कारण प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस