२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

सर्वोच्चमा रविपत्नी निकिताद्वारा दायर रिटको पेसी तोकियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा पेसी तोकिएको छ।

आइतबार उनले सर्वोच्च अदालतमा रिट दर्ता गरेकी हुन्। सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

उक्त आदेशविरुद्ध लामिछानेका तर्फबाट यसअघि नै ‘थुनुवा दफा ७३’ अन्तर्गत निवेदन पनि दायर भइसकेको छ। सो निवेदनमा सर्वोच्चले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिइसकेको छ।

नवीन रिटको सुनुवाइका लागि सर्वोच्चले पेसी तोकेसँगै अब यस विषयमा थप कानुनी बहस हुने भएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस