काठमाडौँ । विश्वभरका क्याथोलिकहरूको आध्यात्मिक नेता पोप फ्रान्सिसको सोमबार बिहान निधन भएको छ। भ्याटिकनस्थित कासा सान्ता मार्टाको निवासमै उनले बिहान ७:३५ बजे अन्तिम सास लिएको कार्डिनल केविन फेरेलले पुष्टि गरेका छन्। बीबीसीका अनुसार पोप फ्रान्सिसको निधनको खबर विश्वभर फैलिँदा शोकको छाया छाएको छ।
फेरेलले भनेका छन्, ‘फ्रान्सिसको सम्पूर्ण जीवन प्रभु र चर्चको सेवामा समर्पित रह्यो।’
८७ वर्षीय पोप फ्रान्सिस मिर्गौला र श्वासप्रश्वास सम्बन्धी समस्या बाट पीडित थिए। केही समयअगाडि मात्रै उनी अस्पतालबाट घर फर्किएका थिए।
प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार

