काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुन सकेन।
सुनुवाइका लागि सर्वोच्च अदालतमा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलास तोकिएको थियो। तर, फुयाँलले यसअघि लामिछानेको पासपोर्ट दुरुपयोगसम्बन्धी मुद्दा हेरेको कारण देखाउँदै यो रिट नहेर्ने निर्णय गरे।
लामिछानेकी पत्नी निकिता पौडेलले आइतबार सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालतले धरौटी उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
अब रिटको सुनुवाइ नयाँ इजलासमा तोकिएपछि मात्र अघि बढ्नेछ।
प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार

