२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

तीनकुने घटना : दुर्गा प्रसाईंका पक्षमा सर्वोच्चको आदेश, सरकारलाई ठूलो झट्का

काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईँ सञ्चालक रहेका दुई अस्पतालको रोक्का गरिएको खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले यस्तो आदेश दिएको हो।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनमा हिंसात्मक गतिविधि भएपछि फरार रहेका प्रसाईँको व्यक्तिगत खातासँगै वि एण्ड सी मेडिकल कलेज र र्वाञ्चल क्यान्सर हस्पिटलको खाता पनि प्रहरी प्रशासनले रोक्का गरेको थियो।

खाता रोक्काविरुद्ध दुवै संस्थाको तर्फबाट डा. अञ्जली कार्कीले छुट्टाछुट्टै रिट दायर गरेकी थिइन्। रिटमा नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (CIB) लगायत १८ र १४ जनालाई विपक्षी बनाइएको छ।

सर्वोच्चले अन्तरिम आदेशसँगै विपक्षीलाई कारण देखाउ आदेशसमेत जारी गरेको छ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस