२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

राजीनामा दिएपछि विद्या भट्टराईले भैंसेपाटीको क्वार्टर छाडिन्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराईले आफ्नो सरकारी निवास छाडेकी छिन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएपछि उनी सिधै भैंसेपाटीस्थित मन्त्री क्वार्टरबाट निजी निवास चाबहिलतर्फ गएकी हुन्।

स्रोतका अनुसार उनी बालुवाटारसम्म सहयोगीको गाडीमा पुगेकी थिइन् भने सरकारी गाडी र निवास भने त्यहीं छाडेर हिँडेकी हुन्।

स्वास्थ्य कारण देखाउँदै राजीनामा दिएकी भट्टराईले गत असार ३१ मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। करिब ८ महिनामै उनले पदबाट राजीनामा दिएकी हुन्।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस