२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

गभर्नर छनोट समिति गठन भएको तीन हप्ता नबित्दै सदस्यको राजीनामा

काठमाडौँ । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर छनोटका लागि गठित समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ११ चैतमा गठित समितिमा भट्टराई सदस्य थिए।

समितिको बैठक एकपल्ट पनि नबस्दै उनले राजीनामा दिएका हुन्। तर, राजीनामाको कारण खुलेको छैन।

राष्ट्र बैंक ऐनअनुसार गभर्नर सिफारिस समिति गठन गरिएको हो। उक्त समितिले तीन जनाको नाम सिफारिस गर्ने र मन्त्रिपरिषद्ले एकजनालाई नियुक्त गर्ने व्यवस्था छ। ऐनले गभर्नर बन्ने व्यक्तिमा प्राविधिक योग्यतासँगै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने शर्त राखेको छ। तर, अघिल्ला नियुक्तिहरूमा सत्तारुढ दलको प्रभाव देखिँदै आएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस