२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

शिक्षक सम्हाल्न नसकेको सरकारलाई कर्मचारीको ७२ घण्टे अल्टिमेटम : के छन् १० बुँदे माग?

काठमाडौं । निजामती कर्मचारी संगठनहरूले आफूहरूको माग ७२ घण्टाभित्र सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले ७२ घण्टाभित्र माग सम्बोधन नभए आन्दोलनको अर्को चरण सुरु हुने बताएका हुन्।

उनले राज्यलाई थप व्ययभार नपर्ने गरी आफूहरू संवादमा तयार रहेको भन्दै सदनको पहिलो दिनमै निजामती सेवा विधेयक पेश हुनुपर्ने माग दोहोर्याए।

बैठकमा कर्मचारी संघ–संगठनले १० बुँदे मागसमेत प्रस्तुत गरेका थिए। मागमा समायोजनमा परेका कर्मचारीलाई पुनः छनोटको अवसर, योग्यता अनुसार श्रेणी वृद्धि, तह मिलान जस्ता विषय समेटिएका छन्।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस