२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

अन्तिम समयमा १२ को परीक्षा स्थगित, नयाँ तालिका कहिले आउँछ ?

काठमाडौं । कक्षा १२ को परीक्षा अन्तिम समयमा स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि परीक्षा केही दिन सारिएको हो । प्रधानमन्त्रीले मंगलबार साँझ परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई बालुवाटार बोलाई परीक्षा सार्न निर्देशन दिएका थिए ।

यसअघि वैशाख ११ गतेदेखि परीक्षा सुरु हुने तालिका तय भएको थियो । तर शिक्षक आन्दोलन जारी रहेकाले परीक्षा सञ्चालनमा अन्योल रहेको थियो । आन्दोलनरत शिक्षकहरूले शिक्षा ऐन जारी नभएसम्म परीक्षामा सहभागी नहुने अडान लिएका थिए ।

परीक्षा स्थगनको निर्णय भएसँगै अब बोर्डले नयाँ तालिका तय गर्ने तयारी गरेको छ । बोर्ड स्रोतका अनुसार नयाँ परीक्षा तालिका बुधबार मात्र सार्वजनिक गरिनेछ । हाल बोर्ड बैठक बस्ने तयारीमा छ र त्यसपछि मात्र नयाँ मिति टुङ्गो लाग्नेछ ।

यसअघि परीक्षा नरोकिने भनिएको भए पनि अन्तिम घडीमा परीक्षा स्थगन भएपछि साढे पाँच लाख विद्यार्थी केही समय थप प्रतीक्षामा बस्नुपर्ने भएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस