२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

प्रधानमन्त्रीको ठाडो निर्देशनमा स्थगित कक्षा १२ को परीक्षाको नयाँ मिति सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि स्थगित गरिएको कक्षा १२ को परीक्षा अब आगामी वैशाख २१ गतेबाट सञ्चालन हुने भएको छ। परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले आज यो जानकारी दिएका छन्।

परीक्षाको नयाँ तालिका भने आज (बुधबार) सार्वजनिक गरिनेछ। बोर्डको बैठक बसेर मात्र तालिका तय हुने भएकोले केही समय लाग्ने बताइएको छ।

यसअघि, शिक्षक आन्दोलनका कारण परीक्षा स्थगित गरिएको थियो। प्रधानमन्त्री ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए। सोही अनुसार परीक्षा बोर्डले केहीबेरमा परीक्षा सर्ने जानकारी गराउँदै सूचना निकाल्दैछ।

परीक्षा स्थगनका कारण विद्यार्थीहरू चिन्तित थिए। नयाँ मिति सार्वजनिक भएपछि उनीहरूको चिन्ता केही कम भएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस