२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आफ्नै स्कुलकी छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

www.janaboli.com;

१० बैशाख, काठमाण्डौँ । आफ्नै स्कुलको छात्राबासमा बस्ने नाबालिका विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ ।
खाँदबारी नगरपालिका–१ स्थित सूर्य सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक विवेक खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ३१ वर्षीय खत्री संखुवासभाको चैनपुर नगरपालिका–३ सिद्धकाली निवासी हुन् ।

स्कुलको छात्राबासमा बस्दै आएकी एक विद्यार्थीलाई आफू सुत्ने कोठामा बोलाएर खत्रीले यौन दुर्व्यवहार गरेको पाइएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाकाम निमित्त प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार सोही उजुरीका आधारमा खत्रीलाई पक्राउ गरिएको हो ।
पीडित बालिकाले नै प्रहरीमा उजुरी दिएकी थिइन् । जिल्ला अदालत संखुवासभाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको लामिछानले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस