२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

सरकारलाई थाहै नदिएर शिक्षामन्त्रीको राजीनामा, प्रवक्ता गुरुङको बयानले नयाँ ट्विस्ट

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको चर्चा चलिरहँदा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भने यसबारे सरकारलाई जानकारी नभएको बताएका छन्।

बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका गुरुङले भने, ‘शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने सरकारको जानकारीमा छैन।’

उनका अनुसार, ‘प्रधानमन्त्रीको कार्यालयमा राजीनामा दिएको भए सरकारको प्रवक्तालाई थाहा हुन्छ। क्याबिनेटमा जानकारी हुन्छ। राजीनामा स्वीकृत गर्ने त प्रधानमन्त्रीले नै हो। आजको दिनसम्म जानकारी छैन।’

मन्त्री भट्टराई विगत केही समयदेखि बिरामी रहेको भन्दै गुरुङले मन्त्रालयमा नियमित रूपमा जान नसकेको संकेत पनि गरे।

शिक्षक आन्दोलन चर्किंदै गइरहेको र शिक्षामन्त्री सार्वजनिक रुपमा देखिएकी छैनन्। यस्तो बेलामा प्रवक्ताको बयानले सरकारभित्र समन्वय अभाव र नयाँ ट्विस्ट ल्याएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस