२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

काठमाडौंबाट जाँदै गरेको बस दुर्घटना

काठमाडौं । काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको बस कैलालीमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ स्थित सडक खण्डमा बिहीबार बिहान सुप–प्र ०१००१ ख ३३८५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो।

बसले सुप–प्र ०१००२ त ४६४० नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा सन्तुलन गुमाउँदा दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनामा घाइते भएका १३ जनाको उपचार स्थानीय निशर्ग अस्पतालमा भइरहेको छ।

प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस