२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

शिक्षामन्त्री पन्तले लिए शपथ, शिक्षक आन्दोलन प्रमुख चुनौती

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले बिहीबार राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथसँगै मन्त्री पन्तको कार्यकालले शिक्षाक्षेत्रमा सुधार र स्थिरता ल्याउने महत्त्वपूर्ण जिम्मेवारी बोकेको छ।

निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएपछि रिक्त रहेको पदमा नेकपा एमालेका सांसद पन्तलाई नियुक्त गरिएको हो। उनको नियुक्तिलाई शिक्षक आन्दोलनको समाधान र शिक्षाक्षेत्रको समग्र सुधारसँग जोडेर हेरिएको छ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौंमा जारी शिक्षक आन्दोलन, जसले स्कूल शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग राख्दै आएको छ, मन्त्री पन्तका लागि प्रमुख चुनौती बनेको छ। मन्त्री पन्तले आन्दोलनरत शिक्षकहरूसँग वार्ता गरी समाधान निकाल्ने र शिक्षा क्षेत्रमा दीर्घकालीन सुधारका लागि पहल गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस