२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

आन्दोलनरत शिक्षकबारे सर्वोच्च : तीन दिनभित्र विद्यालय *फर्काउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँमा जारी शिक्षक आन्दोलन तीन दिनभित्र अन्त्य गर्न आदेश दिएको छ।

न्यायाधीश नहकुल सुवेदीको इजलासले शिक्षकहरूको संविधानसम्मत माग तत्काल सम्बोधन गरी तीन दिनभित्र पठनपाठन शुरु गर्न सरकारलाई निर्देशन दिएको हो। साथै, कक्षा १२ को परीक्षा समयमै सञ्चालन गर्न पनि आदेश जारी गरिएको छ।

शिक्षकहरूले शिक्षा ऐनको माग गर्दै चैत २० गतेदेखि आन्दोलन गरेका छन्, जसले लाखौँ विद्यार्थीको भविष्यमा असर पारिरहेको छ। यसअघि, अधिवक्ता उमेश चौधरीले रिट दायर गर्दै परीक्षा र विद्यार्थीको हकमा गम्भीर असर पर्ने कुरा अदालतमा उठाएका थिए।

अदालतले उक्त रिटमाथि चार बुँदे आदेश जारी गरेको हो।

यसअघि समाचारको शीर्षकमा अन्यथा पर्न गएकोमा सुधार गरिएको छ।–सम्पादक

प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस