काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मारिएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। शनिबार समवेदना सन्देश जारी गर्दै उनले उक्त घटनामा ज्यान गुमाएका एक नेपालीसहित सबै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
पूर्वराजा शाहले भारत सरकारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै भने, “हिन्दू समुदायलाई लक्षित गरेर गरिएको यो आक्रमणको जति निन्दा गरे पनि थोरै हुन्छ।” उनले यस्ता घटनाहरूको विश्वव्यापी भर्त्सना र निन्दा गरिनु पर्छ भन्ने धारणा व्यक्त गरे।
समवेदना सन्देशमा उनले भने, “बसुधैव कुटुम्बकमको आदर्श अवलम्बन गर्ने सनातनी वैदिक हिन्दू धर्मावलम्बीहरूको मानवीय मान्यता विपरीत यस्ता जघन्य अपराधहरू गर्नु पाप कर्म हो।” गत मंगलबार भएको आक्रमणमा एक नेपालीसहित २८ जनाको ज्यान गएको थियो।

प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार

