काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना गरेको आरोपसहित सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ।
अधिवक्ता अनन्तराज लुईंटेलसहितले थापालाई कारबाही गर्नुपर्ने माग गर्दै निवेदन दर्ता गरेका हुन्। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले निवेदन दर्ताको पुष्टि गर्दै उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ आगामी मंगलबार हुने जानकारी दिए।
कांग्रेस महामन्त्री थापाले केही दिनअघि ‘५२ संवैधानिक पदाधिकारीहरुको मुद्दामा सर्वोच्च अदालतले डिल गरिरहेको’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए।
मुद्दाको सुनुवाइ चलिरहेकै बेला यस्तो अभिव्यक्ति दिएर न्याय प्रक्रियामा प्रभाव पार्ने प्रयास भएको दाबी गर्दै थापाविरुद्ध अदालतको अवहेलनामा कारबाही माग गरिएको हो।
प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार

