२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

शिक्षक आन्दोलनमा पुगेका दुई पूर्वप्रधानमन्त्रीसहितका नेताहरूको घोर बेइज्जती

काठमाडौं । शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरू नाराबाजीपछि फर्किएका छन्।

सोमबार नयाँ बानेश्वरमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरू आन्दोलनरत शिक्षकहरूसँग ऐक्यबद्धता जनाउन पुगेका थिए।

तर आन्दोलनमा सहभागी शिक्षकहरूले उनीहरूलाई ‘यहाँ नआउनुस्, संसदमा आवाज उठाउनुस्’ भन्दै नाराबाजी गरे। प्रदर्शनकारीहरूले माइकिङमार्फत नेताहरूलाई कार्यक्रमस्थल छाड्न आग्रह गरेका थिए।

नाराबाजीपछि नेताहरू केहीबेरमै प्रदर्शनस्थलबाट बाहिरिएका थिए। बाहिरिँदै अध्यक्ष नेपालले भने, ‘अरु केही भन्दिनँ, यो आन्दोलनमा हाम्रो ऐक्यबद्धता छ।’

शिक्षकहरूले गत २० चैतदेखि विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गरिरहेका छन्।

प्रकाशित मिति : २०८२ बैशाख १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस