२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

४० वर्षीया जानकीको राजधानीमै यस्तो धन्दा? प्रहरीले त्रिपुरेश्वरमै समात्यो!

काठमाडौं। ‘नेपाल सरकारको उपसचिव हुँ’ भन्दै विभिन्न व्यक्तिसँग लाखौं ठगी गर्दै आएकी ४० वर्षीया महिलालाई प्रहरीले त्रिपुरेश्वरबाट पक्राउ गरेको छ।

दैलेख घर भई हाल ललितपुर–२५ बस्ने जानकी न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीका अनुसार न्यौपानेले आफू कानुन मन्त्रालयको उपसचिव भएको भन्दै विश्वास जितेर रकम असुल्दै आएकी थिइन्।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको र विभिन्न ठेक्कामा मिलाइदिने भन्दै व्यक्तिहरूसँग ७ लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोप छ। फरक–फरक परिचय दिँदै उनले ठगी गरेको खुलेपछि प्रहरीको टोलीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो।

पक्राउ परेपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ललितपुरमा बुझाइएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस