२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

आईपीएलमा हैदरावादको लगातार चौथो हार, गुजरात सात विकेटले विजयी

२५ चैत्र , काठमाडौँ । जारी इन्डियन प्रिमियर लिग आईपीएलको उद्घाटन खेलमा राजस्थान रोयल्सविरुद्ध २८६ रन बनाएर ४४ रनको जित निकाल्दै शानदार सुरुवात गरेको सनराइजर्स हैदरावादले त्यसपछि लगातार चौथो खेल गुमाएको छ । आइतबार राति गुजरात टाइटनसँग ७ विकेटले पराजित भएसँगै सनराइजर्स पाँच खेल खेल्दा दुई अंकसहित तालिकाको पुछारमा छ । गुजरात भने ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

यस सिजनको आईपीएलमा साविक उपविजेता हैदरावादले गएराति लगातार चौथो पराजयको सामना गरेको हो । आइतबार भएको खेलमा हैदरावादले दिएको १५३ रनको लक्ष्य गुजरातले ३ विकेटको क्षतिमा २० बल बाँकी रहँदा पुरा गरेको हो ।

 

प्रकाशित मिति : २०८१ चैत्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस