२०८२ फाल्गुन २३ गते शनिवार | 2026 March 7th Saturday

चैत १५ को घटनामा दुःख व्यक्त गर्दै पूर्वराजाले भने, नागरिक स्वतन्त्रताभन्दा ठूलो अरु कुनै वाद वा तन्त्र छैन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुनेको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका छन् । नयाँ वर्ष २०८२ को अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले नेपाली जनतामा देश र भविष्यलाई लिएर जागरूकता तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

‘समाजका विभिन्न दल र वर्ग समुदायले आफ्ना धारणा र अभिव्यक्त राख्न पाउनु प्रजातन्त्रको सुन्दर व्यवस्था हो। तर त्यस्ता धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्दछ।’ शाहले भने, ‘केही दिन अगाडि जनप्रदर्शनमा जुन प्रकारको हिंसा आगजनी तोडफोड भयो। मानवीय एवम् भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अन्त्यन्त दुःख लाग्यो। नागरिक स्वतन्त्रताभन्दा ठूलो अरु कुनै वाद वा तन्त्र हुँदैन।’

उनले वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत शाहले बताएका छन् । गत चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा एक जना पत्रकार र एक जना सर्वसाधारणको ज्यान गएको थियो।

 

प्रकाशित मिति : २०८१ चैत्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस