२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

आइपिएल: मुम्बइको तेस्रो हार, आज चेन्नइ र दिल्ली तथा पञ्जाब र राजस्थान भिड्दै

 २३ चैत्र, काठमाण्डौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बइ इन्डियन्स चौथो खेलमा तेस्रो हारको सिकार भएको छ।

शुक्रबार राति भएको खेलमा लखनउले मुम्बइलाई १२ रनले पराजित गर्यो। टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो।

जवाफमा मुम्बइ निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रनमा समेटियो। लखनउका लागि मिचेल मार्सले ६० रन बनाउँदा एडन मारक्रमले ५३ रनको अर्धशतकीय इनिङ खेले।

त्यस्तै आयुस बडोनीले ३० तथा डेभिड मिलरले २७ रन बनाए। मुम्बइका लागि हार्दिक पाण्ड्याले ५ विकेट लिएका थिए।

१ सय ९२ रनको लक्ष्य पछ्याएको मुम्बइका लागि सूर्यकुमार यादवले ६७ रन बनाउँदा नमन धिरले ४६ रन बनाएका थिए।

त्यस्तै तिलक वर्माले २५ रन बनाउँदा हार्दिक पाण्ड्याले अविजित २८ रन बनाएका थिए। प्रतियोगितामा आज डबल हेडर अन्तर्गत दिनको पहिलो खेलमा चेन्नइ सुपर किंग्स र दिल्ली क्यापिटल्स भिड्दै छन्।

त्यस्तै अर्को खेलमा पञ्जाब किङ्ग्स र राजस्थान रोयल्स भिड्ने छन्।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस