२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

शिक्षकका विषयमा प्रधानमन्त्रीसँग भिड्दा गयो मन्त्री पद

काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएको उनका निजी सचिवालयले जनाएको छ।

शिक्षकहरूको आन्दोलन चर्कँदै गएका बेला शिक्षामन्त्रीले पदबाट बाहिरिनुपरेको हो। मन्त्री भट्टराई विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्रीको हस्तक्षेपप्रति असन्तुष्ट थिइन्। पार्टीको बैठकमा उनले प्रधानमन्त्रीले निजी विद्यालयलाई प्रवर्द्धन गर्ने अभिव्यक्ति दिएको भन्दै खुलेर विरोध गरेकी थिइन्।

उनले संविधानले ग्यारेन्टी गरेको निःशुल्क शिक्षाविरुद्ध प्रधानमन्त्रीले बोलेको भन्दै असन्तुष्टि जनाएकी थिइन्। त्यसैबीच, उनी आन्दोलनरत शिक्षकहरूसँग पनि बारम्बार संवादमा थिइन्।

शिक्षामन्त्रीको राजीनामापछि सरकारको शिक्षक आन्दोलनप्रति धारणा थप स्पष्ट नहुन सक्ने देखिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस