२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

वर्षाले नेपाल र अफगानिस्तानबीचको खेल प्रभावित

६ बैशाख, काठमाडौँ । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल वर्षाका कारण प्रभावित भएको छ ।
तल्लो मुलपानी क्रिकेट मैदानमा हुने उक्त खेल शनिबार विहानैदेखिको वर्षाका कारण प्रभावित भएको हो । विहान साढे ९ बजेदेखि सुरु हुने तय भएको खेल वर्षा रोकिएपछि पनि मैदान सुक्न केही समय लाग्ने भएकोले खेल सुरु हुन ढिलाइ हुने भएको छ । अहिले वर्षा रोकिएको छ र मैदान सुकाउने काम भइरहेको छ ।

नेपाल र अफगानिस्तानबीच आज निर्णायक खेल हुँदै छ । आजको खेलमा नेपालले जित हासिल गरेमा नेपाल आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ । तर आजको खेल सम्भव नभएमा दुवै टोली अंक बाँड्नेछन् भने नेटरनरेटमा अगाडि भएको अफगानिस्तान विश्वकपका लागि छनोट हुनेछ । नेपाल र अफगानिस्तान दुवैले हालसम्म खेलेका ३ वटै खेल जितेका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस