२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु – रवि लामिछाने

काठमाडौं । थुनामा पठाउने अदालतको आदेश आएपछि पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफैं गिरफ्तारी दिएका छन् । उनले अदालतको आदेशको सम्मान गर्दै आजै अहिले नै गिरफ्तारी दिने घोषणा गरेका हुन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । यसअघि लामिछाने जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका थिए ।

लामिछानेले एक करोड धरौटी खारेजी र साधारणा तारेखमा छाड्नुपर्ने भन्दै फागुन २६ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दिएका थिए । यसैगरी सरकारी वकिलको कार्यालयले भने फागुन १ मै लामिछानेलाई एक करोड धरौटीसहित तारेखमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दिएको थियो। स्ट्याटस यस्तो छ

 

सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु ।
म माथि ठुलो अन्याय भएको छ ।
चितवनको सभा नरोक्नुस्।

प्रकाशित मिति : २०८१ चैत्र २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस