२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

रवि लामिछानेलाई थानामा पठाउने अदालतको आदेशपछि पक्राउ बारे प्रहरी बोल्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा जाने भएका छन् । शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।

प्रहरीले अदालतको आदेश हेरेपछि मात्रै पक्राउको प्रक्रिया अघि बढाउने बताएको छ । प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले भने, हामीले पनि थुनामा पठाउने आदेश गर्‍यो भन्ने सुन्यौँ तर आदेश नपढी अहिले नै केही भन्न मिल्दैन ।

प्रकाशित मिति : २०८१ चैत्र २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस