२०८२ फाल्गुन २५ गते सोमवार | 2026 March 9th Monday

नयाँ वर्षको पहिलो दिन सेयर बजारमा उत्साह, नेप्से २७ अंकले उकालो

काठमाडौं । नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन मंगलबार सेयर बजारमा उत्साहजनक वृद्धि भएको छ। नेप्से परिसूचक २७.१४ अंकले बढेर २,६८९.२२ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

३२० कम्पनीका दुई करोड १८ लाख कित्ता शेयर ६९ हजार पटकभन्दा बढी कारोबार हुँदा बजारमा कुल ८ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो।

व्यापार र म्युचुअल फन्डबाहेक सबै समूहको सूचक वृद्धि भएको छ। लगानी समूह २.७१% र विकास बैंक समूह २.४६%ले अगाडि बढे। बैंकिङ, वित्त, होटल, जलविद्युत्, बीमा र लघुवित्त समूह पनि हरियाली देखिए।

कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लाग्दा बलेफी हाइड्रोपावरको मूल्य ९.९९% ले घट्यो। कारोबारको हिसाबले पनि बलेफी अगाडि रह्यो, जसको २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस