२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

शिक्षकहरु आन्दोलन जारी: महासंघ अध्यक्ष भन्छन् – सरकार आलस्य र गैरजिम्मेवारी देखियो

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूको आन्दोलन नवौं दिनमा पुगेको छ । तर, अझै सहमति जुटेको छैन ।

शिक्षक महासंघले सरकारलाई तीन विकल्पसहित ऐन जारी गर्न माग गर्दै आन्दोलनलाई जारी राख्ने बताएको छ । सह–अध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा भएको बिहीबारको वार्ता पनि निष्कर्षविहीन भयो ।

महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले शिक्षा र शिक्षक प्रति देखाएको आलस्य र गैरजिम्मेवारी व्यवहारको विरोधमा आफूहरू आन्दोलनमा नै रहेको बताए ।

सरकारले वार्ता गर्न आग्रह गरे पनि महासंघले ‘ऐन जारी गर्ने सुनिश्चितता नभएसम्म’ नबस्ने अडान दोहोर्‍याएको छ । हिजोका वर्तामा ऐन जारी भन्दापनि आन्दोलन छोड्नुभन्ने दवाव भएका कारण अब ऐनको एकिन नभएसम्म वार्तामा नै नबस्ने शिक्षक प्रतिनिधिको दवाव छ ।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस