२०८२ फाल्गुन २५ गते सोमवार | 2026 March 9th Monday

प्रधानमन्त्रीले आजै बोलाए मन्त्रिपरिषद् बैठक, मुख्य एजेन्डा के छन् ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

बैठकमा हाल देशभर जारी शिक्षकहरूको आन्दोलन प्रमुख एजेन्डाको रूपमा प्रस्तुत गरिने बताइएको छ। साथै, सरकारका तर्फबाट सञ्चालन भइरहेका दैनिक प्रशासनिक कार्यहरूबारे पनि छलफल गरी आवश्यक निर्णय लिइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकबाट आन्दोलन समाधानतर्फ कस्तो दिशा लिनेछ भन्ने विषयमा जनस्तरमा चासो बढेको छ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस