काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता हुने भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुने भनिएको उक्त भेटका लागि प्रधानमन्त्री ओली र सभापति देउवा पहिले नै सिंहदरबार पुगिसकेका छन् भने अध्यक्ष प्रचण्ड पनि केहीबेरमा पुग्ने तयारीमा छन्।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने छ।
प्रकाशित मिति : २०८२ बैशाख १८ गते बिहिवार

