काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बिहान १० बजे बस्ने भएको छ। बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ।
सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई आजै दिउँसो ३ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने छन्। संघीय संसदको बैठक संसद सचिवालयले बोलाएको हो।
आजको मन्त्रिपरिषद बैठकमा शिक्षक, चिकित्सक लगायत विभिन्न पेशागत समूहसँग भएको सहमति तथा अन्य मन्त्रालयगत नियमित एजेन्डाहरूमा पनि छलफल हुने जनाइएको छ। बैठकले नीति तथा कार्यक्रम पारित गरेर राष्ट्रपति समक्ष पठाउने र त्यसपछि राष्ट्रपति पौडेलद्वारा संसदमा प्रस्तुत गरिने संवैधानिक प्रक्रिया अनुसार काम अघि बढाइनेछ।
प्रकाशित मिति : २०८२ बैशाख १९ गते शुक्रवार

