२२ बैशख, काठमाडौँ । काठमाडौंको तीनकुने घटनापछि सेलाएका राजावादीहरु पुनः सक्रिय बन्न थालेका छन् । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले चाँडै आन्दोलनमा उत्रिने गरी तयारी थालेको छ । केही सुस्ताएको राजावादी आन्दोलन फेरि उठ्ने दाबी गरिएको छ । यसअघि नवराजको अनुपस्थितिमा समितिको कार्यवाहक संयोजकको जिम्मेवारी सम्हालेका डा जगमान गुरुङ पनि बैठकमा बस्ने छन् ।
गत चैत १५ मा भएको तीनकुनेको आन्दोलनपछि सरकारले संयुक्त जनआन्दोलन समितिका संयोजक सुबेदीलाई अघोषित नजरबन्दमा राखेको थियो भने मिश्रलाई पक्राउ गरिएको थियो । सुबेदी गत साताबाट नजरबन्दमुक्त भएर फेरि समितिको जिम्मेवारीमा फर्किएका छन् । मिश्रको भने हिजो छैटौंपटक म्याद थप गरिएको छ । मिश्रसँगै पक्राउ परेका जनआन्दोलन परिचालन समितिका संयोजक डा। धवलशम्शेर राणा भने उपचारका लागि हाजिरी जमानीमा छुटिसकेका छन् ।

